काठमाडौं/ प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले चेकिङको क्रममा रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्वरको बसमा रहेका भारत सितामडी घर भएक सोनुकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रभागका प्रमुख प्रहरी निरिक्षक केशव भट्टले बताए। चौधरीलाई महानगरीय वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भईरहेको छ।