धरान/गायक चन्द्र राईले संस्कृतिमा आधारित रहेको म्युजिक भिडियो निर्माण गरेका छन् । म्युजिक भिडियोको चाडै नै युट्युवमार्फत् सार्वजनिक गर्ने तयारी रहेको गायक राईले बताए । ‘साकेलामा नियालेर प्रकृतिको रङ्ग’ बोलको गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भएको उनले बताए । यो गीतमा संगीतकार एवम् गायक जितेन राईले संगीत भरेका छन् भने इन्द्र नारथुङ्गे राईको रचना रहेको छ । ध्नकुटाको धारापनी षेत्रमा छायांकन गरिउको गीतमा संस्कार संस्कृतिलाई जानकारी गराउने प्रयास गरिएको गायक राईले बताए । एक लाख रुपैयाको लागतमा निर्मित भिडियोमा सतीस राई, रेश्मा राई र हरि मनाङ्गेको मूख्य अभिनय देख्न सकिन्छ ।