बलिउडमा यतिबेला विवाहको मौसम चलेको छ । सुरवीन चावलाले गुपचुप विवाह गरेको खबर बाहिर आएको छ । बलिउड एक्ट्रेस सुरवीन चावलाले हालैमा आफूले विवाह गरेको जानकारी दिएकी छिन् ।

सुरवीनले अचानक एक तश्वीर सोसल मिडियामा पोष्ट गर्दै विवाहको जानकारी आफ्नो फ्यानलाई दिएकी हुन् । श्रीमानसँगको एक तश्वीर शेयर गर्दै उनले लेखेकी छिन्, ‘एक साधारण जिन्दगी भएपनि मेरो कहानी कुनै परीभन्दा कम छैन ।’

मिड-डेको खबरअनुसार, सुरवीनले २ वर्ष अगाडि नै विवाह गरेकी थिइन् । २८ जुलाई, २०१५ मा उनले अक्षयसँग इटालीमा लगनगाँठो कसेकी हुन् । तर, सुरवीनले यो जानकारी झन्डै २ वर्षपछि आफ्नो फ्यानलाई दिएकी हुन् । सुरवीनका पति एक विजनेसम्यान हुन् ।

अक्षय र सुरवीनको भेट दुवैजनाका एक 'कमन' साथीमार्फत भएको थियो । यी दुईको विवाह समारोहमा केही आफन्त पनि सहभागी भएका थिए । सुरवीनले हिन्दी फिल्मसँगै पञ्जाबी, तमिल र तेलुगू फिल्ममा पनि काम गरेकी छिन् । उनले 'हेट स्टोरी २' मा दिएको बोल्ड सिनले खुब चर्चा पाएकोे थियो ।