चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा नियुक्त भएर आएसँगै निकिता पौडेलले नयाँ कामको थालनी थालेकी छिन् । उनले, भारतमा २०दिने ‘स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्स’का लागि कलाकारलाई भारत पठाउने भएकी छिन् । विकास बोर्डले जारी गरेको विज्ञप्तीमा इच्छुक कलाकारलाई विभिन्न पत्रसहित निवेदन दिन भनिएको छ ।

बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएअनुसार–‘भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थानमा नेपाली अभिनेता तथा अभिनेत्रीहरुलाई २०  दिने कोर्शको आयोजना गरिएको छ ।

सो तालिममा सहभागी हुन चाहने अभिनेता र अभिनेत्रीले भारतीय दुतावासबाट निर्धारित गरिएको दरखास्त फाराम साथ एकप्रति फोटो, शैक्षिय योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अभिनय सम्बन्धी अनुभवका कागजहरु राखी जनवरी ३ सम्म विकास बोर्डमा नाम दर्ता गर्न सकिने छ ।’  तालिम हिन्दी र अंग्रेजी भाषामा सिकाइनेछ । आवेदन दिने कलाकार केहि फिल्म, विज्ञापन, म्यूजिक भिडियो आदिमा अभिनय गरेको हुनुपर्ने शर्त राखिएको छ ।