एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए । उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ । ‘ती बाँदरहरु बाघको गर्जनका कारण डराएपछि हृदयघात भएको हुनसक्छ किनभने उक्त स्थानमा बाघ घुमिरहने गर्दछन् ।’ वन विभागका कर्मचारीले बाँदरलाई सोमबार भेटेको र उनीहरुको शरिरलाई पोलिथिन ब्यागमा राखेको बताइएको छ । सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् । उनीहरुले बाँदरको मृत्यु कुनै संक्रमणका कारण भएको दाबी गरेका छन् । पशु चिकित्सक डा. विजेन्द्र सिंहले टाइम्स अफ इन्डियालाई भने, ‘बाँदर वन्यजन्तु हुन् त्यसकारण उनीहरुको यसरी मृत्यु हुन असम्भव छ । यी सबै बाँदरलाई सम्भवतः कुनै भयानक संक्रमण भएको हुनसक्छ ।’