अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मानन्धरको जन्म दिन धुमधामसँग सेलिव्रेशन गरेकी छिन् । राजधानीको एउटा रेष्टुरेन्टमा फिल्म क्षेत्रका साथीहरुलाई बोलाउँदै करिश्माले छोरीको जन्मदिन सेलिव्रेशन गरिन् । छोरी कविता मानन्धर जन्मदिनमा परि जस्तै देखिएकी थिइन् । कवितालाई जन्मदिनको शुभकामना दिनका लागि अभिनेत्री संचिता लुइटेल, पूजा शर्मा, अभिनेता सुनिल थापा, नृत्य निर्देशक गोविन्द राई लगायतका फिल्मीकर्मी पुगेका थिए । कविताले आफू फिल्म क्षेत्रमा आउन चाहेको तर अहिले शारीरिक र मानिसक रुपमा तयार भैनसकेको समेत प्रतिक्रिया दिइन् । सो समयमा अभिनेत्री करिश्मा मानन्धर र नृत्य निर्देशक गोविन्द राइले चर्चित गीतहरुमा नृत्य गरेका थिए ।