नयाँ दिल्ली: क्रिसमस र नयाँ वर्षको मौका छोपेर रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म 'टाइगर जिन्‍दा है' ले बक्स अफिसमा एक नयाँ रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार 'टाइगर जिन्दा है' ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा करिब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, यो कुराको आधिकारिक घोषणा भने हुन बाँकी छ । सुरुवाती रिपोर्ट अनुसारक आँकडा कायमै रहिरह्यो भने सलमानले बक्स अफिसलाई नयाँ सालको उपहार अहिलेबाटै दिएको मान्न सकिनेछ । सलमान खानले 'ट्यूबलाइट' पछि गजब कमब्याक गर्दै सलमानले आफू पुरानै र‌ंगमा फर्किएको सन्देश पनि दिएका छन् । पहिलो दिन फिल्म देखेर बाहिर निस्केका दर्शकको प्रतिक्रिया सुन्दा फिल्म राम्रो बनेको छ । दर्शकलाई यस फिल्ममा एक्सनज, रोमान्स, कथा र क्लाइमेक्स पनि मन परेको छ । यो 'एक था टाइगर' को सिक्वेल फिल्म हो । र, ५ वर्ष पहिले सलमान खानले यसै फिल्मबाट बक्स अफिसमा ३ सय करोड भन्दा धेरै आम्दानी गरेर 'गजनी' फिल्मको रेकर्ड तोडेको थियो ।