‘मोक्षान्त फिभर काठमाडौं’, ‘फोसिल’, ‘अक्षरगन्ज’, ‘कोमा’, ‘घाटमान्डु’, ‘मिस्टिका’ जस्ता चर्चित उपन्यासका लेखक तथा फिक्सन डिजाइनर कुमार नगरकोटी अब फिल्म निर्देशक बन्ने भएका छन् । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लालपुर्जा'मा अतिथी लेखकको रुपमा रहेका नगरकोटीले गेस्ट रोल समेत निर्वाह गरेका छन् । बिहीवार राजधानीमा 'लालपुर्जा'को ट्रेलर रिलिज कार्यक्रममा उनले आफू चाँडै फिल्म निर्देशक भएर आउने उद्घोष गरे । नेगेटिभ बुद्धले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ज्ञ’लाई नगरकोटीले निर्देशन गर्ने भएका हुन् । कार्यक्रममा नगरकोटीले भने, ‘मैले ‘ज्ञ’ फिल्ममा कथा, निर्देशन र संवादमाथि काम गर्दैछु ।’ यस्तै, उनले 'लालपुर्जा'मा निर्वाह गरेको भूमिकामा विषयमा बोल्दै भने, ‘मेरो परिचय आर्यघाटसँगै जोडिएकाले पनि हुनसक्छ यो फिल्ममा म गेस्ट राइटरमात्र होइन, घोस्ट अपिरियन्समा पनि छु।’