अभिनेता अमिताभ बच्चनसँग अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले काम गर्दैछन् । महंगो बजेटमा बन्न लागेको फिल्म ‘ब्रम्हास्त्र’को छायांकन सुरु हुँदैछ । अमिताभ बच्चनसँग काम गर्न पाउँदा अभिनेत्री आलिया भट्ट खुशी छिन् । यतिमात्र होइन, उनी नर्भस पनि छिन् ।

अमिताभसँग काम गर्न पाउँदाको अनुभव मिडियासँग शेयर गर्दै आलियाले भनेकी छिन्–‘अमिताभ बच्चन बलिउडका महानायक हुन् । उनी फिल्म सेटमा कहिल्यै पनि आफू भन्दा जुनियर कलाकारलाई डर देखाउँदैनन् । तर, पनि उनी यति महान् कलाकार हुन् कि, हामी जस्ता जुनियर कलाकार धेरै नर्भस हुनु सामान्य कुरा हो ।’ आलियाले अमिताभसँग काम गर्न पाउनु आफ्नो सपना भएको पनि बताएकी छिन् । यो फिल्मलाई लिएर आलिया उत्साहित छिन् ।

एजेन्सी