सुनसरी/ नेपाली कला प्रर्बद्धनमा आफ्नो परिचय बनाउँदै आएको लेट्स ईन्टरटेनमेन्ट प्रालिले प्रदेश नम्वर एकका आठ शहरहरुमा दोस्रो पूर्वाअञ्चल नाट्य यात्रा २०७४ गर्ने भएको छ । मडला नाटक समुह नेपालको चर्चित नाटक सरजमिनलाई रंगमंञ्च भ्रमण कार्यक्रम इटहरीबाट उद्घाटन हुने भएको हो । त्यो सँगै पूर्वेली जनताले नाटक हेर्ने पाउँने छन । कलाकारहरुको जम्बो टोलीले ठाउँ ठाउँमा पुगेर नाटक देखाउँने आयोजकले जनाएको छ ।

पुस २५ गते इटहरीबाट सुरु हुने नाट्य यात्रा वेलवारी,चुलाचुली,धुलावारी,झोराहट,रमाईलो हुदै पूर्वको विभिन्न शहरमा हुने आयोजकले जनाएका छन । प्रविण खतिवडाको निर्देशनमा तयार पारीएको नाटकमा कलकारहरु बुद्धि तामाङ,विजय वराल,विकाश जोशी,उमेश तामाङ,सोमनाथ खनाल,रञ्जना ओली,विनिता गुरुङ,संयोग गुरागाई, रोहित पौडेल,सिजन दाहाल,इगिहोपो कोईच सुनुवार लगायतका कलाकारहरुले नाटकमा खेल्ने निर्देशक पुस्कर सम्शेरले लेखेको कथा बस्तुमा आधारित कथा समेटिएको छ खतिवडाले भने ।

१५ सदस्यसीय कलाकारको टालील पूर्वाञ्चलमा १५ दिनको भ्रमण गर्ने छ । मण्डला थ्रियटरका निर्देशक राजन खतिवडा र नाटक सरजिमिनका निर्देशशक प्रविण खतिवडा सहितको टालीको सहभागीता रहने आयोजकले जनाएको छ । नाट्या यात्राले काठमाण्डौ र मोफोसलका कलाकारहरु विच समन्वय हुनका साथै स्थानीय कलालाई सशत्तिकरण गराउँन समेत मद्धत पुग्ने भएको कारण यस्ता कार्यक्रमहरु आयोजना गरएिको लेट्स ईन्टरटेनमेन्ट प्रालिका कार्यकारी प्रमुख विकाश वडाथोकीले बताए । उनले भने हामीले नाटक यात्रत्रा लिएर पूर्वका शहरहरुममा घुम्दा स्थानीय कलाकारहरुलाई उत्साह मिल्छ ।

घुम्ती नाट्य टोली यतिबेला पूर्वाञ्चलका विभिन्न सहरहरूमा नाटक प्रदर्शन इटहरीबाट सुरु हुने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले भने । जयन्तीका अनुसार इटहरीबाट सुरु हुने नाट्य यात्राले प्रथामिकता पाउँने छ उनले भने । ग्रामिण भेगका कलाकारहरुलाई उत्साह प्रदान गर्ने यस्ता कार्यक्रमहरु गर्नु आवश्यक भएको उनको भनाई थियो । स्थानीय कला र संस्कृतिको विकास गर्ने इटहरीमा कलालय,परिवर्तन थियटर काकडभिट्टा,चुलाचुली रंगमच चुलाचुली,रमाईलो युवा क्लब रमाईलो,झोराहाट नाट्य केन्द्र झोराहाट,आरोहण गुरुकुल विराटनगरले स्थानीय संयाेजन गर्ने आयोजकल जनाएको छ ।