मोरङ/ सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलका प्रहरी कार्यालय रानीले सोमबार ५३ हजार ८ सय ६० मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।

भारतीय बजार जोगवनीबाट ल्याउदै गरेको उक्त सामान इलाका प्रहरी कार्यालय रानीबाट खटिएको गस्ती टोलीले साँझ ५ बजेतिर पक्राउ गरेको हो। बरमाद सामानहरुमा लत्ताकपडा तथा खाद्यान्न रहेका छन्।

उक्त समान आवश्यक कार्बाहीकोलागी बिराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।