सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जिवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो ।mahila

कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफु अमेरिकी आर्मी भनेर नक्कली परिचय दिएका थिए । च्याटमाा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो । अमेरिकी सेनासंग विवाह गरेपछि भविष्य खुशि होला भन्ने प्रलोभनमा परेकी ती युवती अहलिे विचल्लीमा परेकी छन् । त्यस्तै उनले दुई भाईको २१ लाख रुपैयाँ कहिल्यै फिर्ता नहुने भएको छ ।

अमेरिकी आर्मी हुँ भन्दै जीवनसाथी बनाउने पात्र हुन् सिन्धुलीपाल्चोक माङ्खाका तुलबहादुर तामाङ । तामाङले फेसबुकमार्फत ती युवतीसंगी परिचय बढाए । सात महिनाको भर्चुअल सम्बन्ध विवाहमा परिणत भयो ।

विवाहपछि उनका नातेदार राजेश र कैलाश गुरुङलाई अमेरिकी सेनामा जागरि लगाईदिने प्रस्ताव आएपछि उनीहरु सहमत भएर भिसा प्रक्रियाका लागि भन्दै तामाङलाई २१ लाख बुझाए । आईएमईमार्फत पैसा आएलगत्तै तामाङ श्रीमतीसंग पनि सम्पर्कविहिन् भए ।

विदेश जाने प्रलोभन देखाएर आफ ठगिएको भन्दै पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि खोज्दै जाँदा तामाङ सिन्धुलीपाल्चोक माङ्खामै भेटिए र उनको ठगीको पर्दा खुल्यो ।

नागरिक दैनिक