पती-पत्नीबीच कहिले कही मनमुटाव हुन्छ । पारिवारिक जीवन चलाउने कुरामा यस्ता खटपट हुनु सामान्य हो । तर, यो क्रम पटक पटक दोहोरिन्छ भने त्यसले राम्रो संकेत गर्दैन ।यो क्रम जारी रह्यो भने दाम्पत्य जीवन नै तहसनहस हुनसक्छ ।त्यसैले पती पत्नीबीच हुने मनमुटाव, ठाकठुकलाई समयमै समाधान गर्नुपर्छ । यसका लागि दम्पतीले केहि कुरा जान्नुपर्छ ।

[caption id="attachment_64778" align="aligncenter" width="949"] फायलफाेटाे[/caption]

– घरको कुनै पनि निर्णय एकलौटी ढंगले नगर्नुहोस् । दुबैको समझदारीमा मात्र निर्णयहरु गर्नुहोस्।

– दम्पतीबीच संवादको वातावरण हुनुपर्छ । जतिसुकै व्यस्त भएपनि दुबैले आपसी छलफल गर्नुपर्छ ।

– पति वा पत्नीप्रति गरिने अपेक्षाले पनि झगडाको रुप लिन्छ । त्यसैले अनावश्यक अपेक्ष नगरौं ।

– पतिले पत्नीको र पत्नीले पतिको ख्याल राखौं । दुबैको पिर मर्का साझेदार गरौं । पारिवारिक दायित्व पतिलाई मात्र सुम्पने वा घरधन्दाको काममा पत्नीको मात्र भर पर्ने प्रवृत्ति त्यागौं ।

– शंका र अविश्वासले दम्पतीबीच फाटो ल्याउँछ । त्यसैले पहिले त शंका, उपशंका, अविश्वासको वातावरण बन्न नै नदिनुहोस् । यदि त्यसो भइहाले पनि, दुबै स्पष्ट हुनुपर्छ । दम्पतीबीच कुनैपनि कुरा लुक्नु हुँदैन ।

– कहिले कहिं रमाइलो गरौं, मनोरञ्जन गरौ । सिनेमा हेर्ने, घुमफिर गर्ने, पुस्तक पढ्ने गरौं । यसले दाम्पत्य जीवन सम्बन्ध थप मजबुद हुन्छ ।

– अहिले शोसल नेटवर्क साइटको कारण पनि दम्पतीबीच कलह हुने गरेका छन् । यसले सम्बन्ध विच्छेदको अवस्थामा समेत पुर्‍याउने गरेका छ । सामाजिक संजालमा धेरै समय व्यतित गर्ने, फेक एकाउन्ट बनाउने जस्ता गतिविधि नगरौ । निजी पारिवारिक तस्विर पनि फेसबुकमा शेयर नगरौं ।

– पारिवारिक योजना तय गरौँ । पती पत्नी मिलेर आफ्नो पारिवारिक जीवन कसरी राम्रो, बलियो, सुमधुर, उज्वल बनाउने भन्ने कुराको खाका तयार गरौ ।