मोरङ/ नेपाली साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएवापत  नेपाल र भारतका २४ जना साहित्यकार भारतको सिक्किममा अभिनन्दित भएका छन् । सिक्किमको नेपाली साहित्य परिषद र किनार प्रकासनको संयुक्त आयोजनामा राजधानी गान्तोकमा सम्पन्न कार्यक्रममा मोरंग पथरीशनिश्चरे ब्लाष्ट सहकर्मी भूपेन्द्र तिम्सिना सहित १८ जना नेपाली र ६ जना भारतका साहित्यकार अभिनन्दित भएका हुन् । साहित्यका साथै पत्रकारिता र कलाकारितामा सक्रिय तिम्सिना ठीक एक महिना अघि भारतको उत्तरप्रदेशस्थित सिद्र्धाथनगर तथागत अन्तरराष्ट्यि सम्मान प्राप्त गरेका थिए । नेपाली साहित्यका बारेमा चर्चा परिचर्चा सहितको ‘श्रष्ठा समागम’ कार्यक्रममा पूर्वाञ्चलबाट तिम्सिनाका साथै प्राध्यापक डाक्टर भीम खतिवडा, मधु पोखरेल, शिव रेग्मी प्रणत, विवश वलिभद्र कोइराला, विन्दु दहाल, लोकेन्द्र वञ्जारा, सुरेश सुवेदी, घनश्याम पथिक अभिनन्दित वनेका छन् । मकवानपुरबाट रामकुमार एलन, हयाग्रिव आचार्य, चितवनबाट गोर्खे साँहिलोका साथै नेपालका अन्यमा, विर्खे अन्जान, राजवावु पहाडी, कृष्णप्रसाद दहाल, केशवराज आमोदी, लोकनाथ खराल र मुक्ति गोविन्द वैद्य समेत अभिनन्दित भएका छन् । भारततर्फ, असमका छत्रमान सुब्बा, मित्रदेव शर्मा, ज्ञानवहादुर क्षेत्री, मणिपुरका राहुल राई, भवानी अधिकारी र दार्जीलिङका सुकराज दियाली पनि अभिनन्दित बनेका छन्  । कार्यक्रमका प्रमुख अतिथि सिक्किम विधानसभाका अध्यक्ष केएन राई, किनार प्रकाशनका अध्यक्ष टीवीचन्द्र सुब्बा सहितले अभिनन्दित गरेका हुन् । कार्यक्रममा बोल्दै प्रा.डा. भीम खतिवडाले नेपालमा नेपाली साहित्यको अवस्थाका बारेमा जानकारी गराउनुका साथै समसामयिक राजनीतिक परिवर्तनले सृजनाको सम्मान हुँदै जाने अपेक्षा समेत व्यक्त गरेका छन् । उनले जहाँ रहेपनि नेपाली भाषा र साहित्यको जागरणका लागि क्रियाशिल वनिरहनु नै नेपाली जातीको पहिचान भएको उल्लेख गरे ।