उदयपुरको कटारी नगरपालिका-९ सिरवानी बस्ने कर्ण बहादुर आलेमगरको घरमा आइतबार आगलागी भएको छ।

दिउँसो १२ बजे सोलारको तार सट भई अचानक लागेको आगोले उनको घर तथा घेर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी चौकी सोरुङछबिसेले जनाएको छ।

यता धनकुटाको चौबिसे गाँउपालिका-८ चौतारे बस्ने मिन प्रसाद लिम्बुको दुई तल्ले घरमा समेत आइतबार आगलागी भएको छ।

साँझ ६ बजेतिर अचानक सल्केकको आगोले उनको घर तथा घर भित्र रहेको सम्पुर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ।