धरान/चर्चित गायक राजेशपायल राईले धरानको भानुचौकमा शनिबार सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारहरुलाई भोट मागेका छन् ।
[caption id="attachment_62836" align="alignnone" width="1037"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै गायक राईले प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको लागि सांगीतिक कार्यक्रममा भोट मागेका हुन् । उनले पहिचानको लागि पनि प्रतिनिधि सभाका उम्मेदवार अशोक राई, र प्रदेश सभाका उम्मेदवार किशोर राई र बुद्धि कटवाललाई भोट दिन आग्रह गरे ।
उनले आफू कलाकार रहेकाले कुनै पार्टीमा सम्बन्धित नभए पनि आफूले पहिलो पटक उम्मेदवारहरुको लागि भोट मागिदिएको बताए । उनले आफ्ना चर्चित गीत म त मर्छु की क्या हो ठूली, दर्शन नमस्ते, दिक्तेल बजारलगायत आधा दर्जन गीत प्रस्तुत गरे । त्यस क्रममा स्थानीय कलाकार रेवत राई, अमर चाम्लिङ, राकेश किराती, हिरण्य राई, रश्मी राई, राज खिम्दिङ लिम्बूले पनि गीत प्रस्तुत गरेका थिए ।
उम्मेदवार अशोक राईको पक्षमा भोट माग्ने उद्देश्यले नै लोकतान्त्रिक गठबन्धनले भानुचौकमा कार्यक्रम राखेको हो । यसबीचमा उम्मेदवारसँग परिचयसमेत गरेका थिए ।