तेह्रथुम/चुनावी सभालाई सम्वोधन गर्न जांदै गरेका बामगठवन्धनका नेतालाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका १ आङदीममा शनिवार अपरान्ह बम विस्फोट भएको छ ।

तेह्रथुमको शुक्रवारे वजारमा बामगठवन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न जांदै गरेका एमाले पोलीटव्युरो सदस्य तथा तेह्रथुमवाट प्रतिनिधीसभा समानुपातीक उमेदवार डाक्टर विजय सुव्वालाई लक्षित गरी तेह्रथुम र धनकुटाको सिमा तेलीया खोलामा बम विस्फोट भएको हो । विस्फोटमा परी सुव्वा सहित अन्य नेता सवार मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीको पछाडीको भागमा क्षती पुगेको तर गाडीमा सवार नेता कार्यकर्ता सवै सकुसल रहेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोईरालालाले बताए । सडकमा माटोले पुरेर राखेको बम पड्कीएको प्रहरीले जनाएको छ । बम राख्नेको पहिचान हुन सकेको छैन् ।