दाङ/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पुर्याउन लागेको बताए ।

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताए । उनले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पुर्याउने तयारी भएको छ भने। रेडियो नेपालको प्रादेशिक कार्यालयको उद्घाटनका लागि दाङ आएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताए । –––