काठमाडौं । ट्राफिक प्रहरीलाई प्रलोभन देखाएको आरोपमा काठमाडौंबाट एकजना चालक पक्राउ परेका छन् । शुक्रबार जाँडरक्सी खाएर बा ७२ प ४०१५ नम्बरको मोटरसाइकल चलाएका चालकले ट्राफिक प्रहरीलाई पैसा दिएर छुट्न खोजेको आरोपमा सोह्खुट्टेबाट पक्राउ गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गएको मंगलबारदेखि शुक्रबारसम्ममा ट्राफिक प्रहरीलाई हातपात गर्ने दुईजनासहित प्रलोभनमा पार्न खोज्ने ८ जना पक्राउ परेका छन् । उनीहरुलाई सबैलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।