झापा । झापाको भद्रपुर नगरपालिका ५ स्थित मेची किनारबाट प्रहरीले शुक्रबार लागूऔषधसहित २ जनालाई क्राउ गरेको छ।
भारतबाट मे ८ प २०४४ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेको अबस्थामा चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने वर्ष ३४ को खगेन्द्र गुरुङ र २४ बर्षिय को दिनेश अधिकारीलाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध स्कफ १८ बोतल र नाईट्रोसन ट्याब्लेट २ सय ४० एम्पुल फेलापारी बरामद गरेको हो।
लागूऔषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान बईरहेको छ।