धरान/प्रतिनिधि सभामा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारहरुले हरेक जातजातिको भाषा, संस्कार र संस्कृतिलाई बचाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । Jaya-kumar-ashok-rai नेवाः देयः दवूः नगर समितिले बिहीबार धरानमा गरेको ‘अन्तरक्रिया’ का क्रममा उम्मेदवार अशोक राई र जयकुमार राईले नै भाषा, संस्कार र सस्कृतिलाई बचाउन आफूहरुले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । अशोक लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् भने जयकुमार बाम गठबन्धनका उम्मेदवार हुन् । त्यस्तै समानुपातिकमा बामकी सावित्री श्रेष्ठ, लोकतान्त्रिककी शुशिला श्रेष्ठ र नयाँ शक्तिका चन्द्र उदासले पनि भाषा, धर्म संस्कार बचाउनको लागि आफूहरु पनि लाग्ने बताएका थिए । त्यस्तै बहुजातीय संग्राहालयलाई पनि अघि बढाउन दुबै उम्मेदवारहरु प्रतिवद्ध देखिए । नेवार समूदायको तर्फबाट लिखित रुपमा प्रश्न तथा जिज्ञासाहरु राखिएको नगर अध्यक्ष मनोहर शाक्यले बताए । कार्यक्रममा दवूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, पूर्वाञ्चल उपाध्यक्ष भरतकृष्ण उदास र राष्ट्रिय सल्लाहकार सरला कायस्थलगायतको उपस्थिति थियो ।