दुहबी/ दुहबीमा १५ बर्षीया बालिकालार्इ बलात्कार गर्ने बाबु-छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

दुहबी १० चरैया शिव मन्दिर टोलमा बस्ने बाबु दिलिप मन्डल र छोरा सुशील मन्डललाई पक्राउ गरीएको हो । त्यसै स्थानकी बालिकालाई बलात्कार गरेर हजुरआमाको घरमा छाडिएको र घटनालार्इ मिलाउने उदेश्यले भोलिपल्ट समुदाय तथा दुहबी वडा अध्यक्ष लधुराम चौधरी र वडा सदस्य अन्तुरम मण्डल मिलि बालिकालाई बलात्कारीको घरमा जिम्मा लगाइएको जानकारि प्राप्त भएकाे छ  ।

घटना पछि पिडित पक्षले ईलाका प्रहरी कार्यलय दुहबीलाई जाहेरी दिदा समेत प्रहरीले मिलापत्र गराउन खोजेको आरोप पीडित परिवारको छ । घटनालार्इ मिलाउन वडा अध्यक्ष लघुराम चौधरी र वडा सदस्य अन्तुराम मण्डलले लागी परेकाे आरोप अधिकारकर्मीहरुले  लगाएका छन् ।

जाहेरी दर्ता भएपनि डाक्टरको रिपोर्ट नआएका कारण अनुसन्धानमा ढिलाई हुन गएको ईलाका प्रहरी कार्यलय दुहबीले जानकारी दिए । बलात्कारीलाई पक्राउ गरेता पनि  रिहाइका लागी विभिन्न पार्टीबाट दबाब आएको प्रहरी स्रोतले जनाएका छन् ।