काठमाडौं/व्यवसायी तथा लेखक कर्ण शाक्यको ‘म कसरी नागरिक बनौ’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक कर्णदासको स्वर तथा संगितमा लिपिवद्ध उक्त गितलाई बरिष्ठ गीतकार तथा कवि रत्नशम्शेर थापाले लोकार्पण गरेका हुन् ।
कर्ण सकारात्मक कोषको आयोजनामा सम्पन्न लोकार्पण समारोहमा बोल्दै गीतकार तथा कवि डा. प्रकाश शायमीले यो गीतलाई गीत मात्र नभएर प्रत्येक नागरिकको जिम्मेवारीबोधको अभिव्यक्ति पनि भएको टिप्पणी गरे । यस्तै कार्यक्रममा बरिष्ठ गितकार तथा कवि रत्नशम्शेर थापाले कविताको अंग भएपनि गितको बेग्लै छन्द र गन्ध हुने भन्दै यस गितमा यी सबैको बेजोड संयोजन भएको र सबैले यसलाई गहिरिएर ग्रहण गर्न अनुरोध गरे । गितका गितकार तथा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले यो गीत मात्रै नभएर सकारात्मक सोच सम्बन्धी एउटा अभियान भएको बताए । कार्यक्रममा गायक तथा संगितकार कर्णदासले गीत प्रस्तुत गर्ने क्रममा आफ्नो गायकी जिवनकै यो उत्कृष्ट गित रहेको बताए ।