विद्यार्थीलाई नाटक
विराटनगर/विराटनगरको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई नाटक बारे प्रशिक्षण दिएका छन् ।
झोराहाट नाट्य घरका अध्यक्ष भरत गुरागाईले विद्यार्थीहरुलाई प्रशिक्षण दिए । अभिनय गर्ने तरिकाको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिएको थियो । कक्षा ६ देखि ८ सम्म अध्ययनरत २५ विद्यार्थीहरू सहभागी थिए । स्कूलले नाटक सिक्ने ईच्छुक विद्यार्थीहरूलाई प्रत्येक हप्ता नियमित नाटक तथा अभिनय प्रशिक्षण दिने स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































