दमक/ झापाको बिर्तामोडमा आफ्नै छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । बिर्तामोड नगरपालिका–१० शम्भु चौक बस्ने छोरा हर्क बहादुर राईले वर्षीय कुल बहादुर राईलाई खुकरी प्रहार गरि गम्भीर घाइते बनाएका हुन् । घरायसी विवादको क्रममा छोराले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हर्क बहादुरले आफ्नै बाबुमाथि धारिलो हतियार खुकुरी प्रहार गर्नुका साथै लाठीले अन्धाधुन्ध कुटपिट गरेका थिए ।

हतियार र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भएका बाबु कुल बहादुरको बिर्तामोडमा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने छोरा हर्क बहादुरलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।