विराटनगर/सानो बासको छाप्रो । छाप्रो मुनि चुलो बनाएर आलु चप र प्याजी बनाएर बिक्री गर्ने एक बृद्धा महिला । मोङगको बुढीगंगा गाउँपालिका – ७ तिलाठी चौकमा ६७ बर्षिया बालोदेवी मोदी (थारु) प्याजी र आलु चप बनाएर बिक्री गरेको १५ वर्ष भएको छ । यसरी हप्तामा दुई पटक स्वादिलो प्याजी र आलु चप विक्री गर्ने थारुनी वृद्धा पूर्व संसद अमनलाल मोदीका आमा हुन् । [caption id="attachment_59997" align="alignnone" width="2031"]purba-sanasd-aman-mother पूर्व संसद अमनका आमा बालोदेवी मोदी चप र प्याजी विक्री गर्दै ।[/caption] अमनलाल मोदी दोस्रो संबिधान सभाको निर्वाचनमा माओबादी केन्द्रबाट सांसद बनेका थिए । चार बर्ष पहिले संसदमा मध्यराती कुर्सी भाँचेर उनले आम चर्चा पाएका थिए । बिघठित संसदको शुसासन समितिका सदस्य रहेका मोदी थारु कल्याणकारी आन्दोलनमा पनि सक्रृय थिए । हातखुट्टा चलुन्जेल गरेर खानुपर्छ मागेर हैन भन्ने साहशी आमा बालोदेवीको बुझाई छ । यसैले छोराहरुले अब काम गर्नुपर्दैन भन्दा पनि उनले चौकमा बसेर चप बिक्रि गर्न छाडेकी छैनन् । चप बेचेर दिनको ३ देखी ५ सय रुपैया सम्म कमाई गर्दै आएको उनले बताइन् । एकल महिला बालोदेवीले चप बिक्रि गरेरै आफना ७ जना सन्तानको लालन पोषण गरेको स्थानियहरु बताउँछन् । पूर्व सांसद अमनलाल निम्न बर्गीय परिवारकी बालोदेवीका कान्छा छोरा हुन् । उनका जेठा छोरा बैदोशिक रोजगारको सिलसिलमा दुहबीमा मझौला होटल चलाउँदै आएका छन् । उनकी माइली छोरी शान्ति मोदी पेशाले अधिबक्ता छिन् । हाल एलएलएम गरिरहेकी उनी पहिलो संबिधानसभामा मोरङग ७ नम्बर क्षेत्रबाट बिजय गच्छदार र शेखर कोइरालासँग चुनावी प्रस्पिर्धा गरेकी थिइन् । बालोदेवीका छोरीहरु पुर्णकला र सिता समाजिक कार्यकर्ता छन् । मान्ति टेलर्स व्यवसायी र बिष्णु जागिरे छिन् । सम्पत्तीका नाममा बालोदेवीको जमिन ३ कठा मात्र थियो । त्यो जमिनमा उब्जेको अन्नले खान पुग्दैनथ्यो । यसैले उनका पति पवनलाल हटिया हटिया घुमेर चामल बिक्रि गर्ने गर्दथे । तर २०४३ सालमा पतिको मृत्यू भयो । पतिको मृत्यू पछि आफन्तले बालोदेवीलाई मुद्दा लगाएर लखेटन खोजे । छिमेकीहरुले सहयोग गरेकोले उनको उठीबास लागेन । उनले जनमन गर्दै छोराछोरीलाई हुकाइनन मात्र बिद्यालयमा पढन पनि पठाइन । बिस्तारै उनले सानोतिनो घरमा किराना पसल राखिन र सँगै चप पनि बिक्रि गर्न थालिन । छोरीहरुको बिहे गरिदिइन । दुःखमा हुर्किएका अमनलाल बिराटनगरमा महेन्द्र मोरङ क्याम्पस पढथे । त्यही बेला उनी माओबादीमा संगठित भएर भुमिगत भए । अमन पक्राउ परेर अढाई बर्ष जेल बसे । अमन पक्राउ पर्दा बालोदेवीले तीन दिनसम्म अन्न खाइनन् । छोरा सांसद बनेपछि बालोदेवीको गाउँमा शान बढेको छ । आजकल सबैले आदर गरेर बोलाउन थालेका छन् । तर बालोदेवी बृद्ध उमेरमा पनि आफुले गर्दै आएको चप पकाएर बिक्रि गर्न छाडेकी छैनन् । छोराछोरीले चप बिक्रि गर्नुपदैन भन्दा पनि किन आराम गर्ने उमेरमा नटेरेको त भनेर गाउँलेहरुले सोध्दा बालोदेवी भन्छिन, ‘हातगोडा लागुन्जेल गरेर खानुपर्छ अल्छिे हुनुहुँदैन, काम गर्दा सन्तोष हुन्छ निरोगी भइन्छ ।’ मोरङगको ४ नम्बर क्षेत्रबाट उनका छोरा अमन बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बनेका छन् । उनको प्रतिस्पर्धा काँग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री महेश अर्चायसँग छ । चुनावी प्रचारमा हिँडेका आफना छोरालाई आमा बालोदेवीले चुनाव जितेर मन्त्री बन्ने आर्शिबाद दिइसकेकी छन् । ‘सपनामा पनि छोराले जितेको सपना देःख्छु,’ उनले भिनन, ‘छोराको जीतको लागि भगवानसँग प्रथना गरेको छु । छोरा असल छ । देश र जनताको हितमा मात्र कुरा गर्छ, उनी भन्छिन्, ‘कान्छा छोरा अमनलाई दुःखले हुर्काएको छु । यसले जितेर मन्त्री भएको हर्ने मेरो इच्छा जनताले मतदान गरि जुराइदिनेछन् ।’