धनकुटा/ नेपाली जन-जिवनमा हिजो-आज वढी भन्दा वढी खुशिले रमाउनेको लागी विभिन्न स्थानको भ्रमण गर्ने, अवलोक गर्नेहरुको संख्या वढ्दो छ ।
लाखौं लाख आन्तरिक हुन् या वाह्य पर्यटकको रुपमा भ्यूटावर, अग्लाअग्ला पहाड, झर्ना, नदीको तीर देखी अग्ला हिमाल सम्म चाहार्ने अनी रिसोर्टमा गएर रमाउनेहरुको संख्यापनि उस्तै छ । यिनै गन्तव्यहरुको एक परिचित नाम हो, धनकुटाको मुलघाटमा रहेको तमोर रिभर साईड रिसोर्ट एण्ड रिभरपार्क । पछिल्लो ३वर्ष यता आन्तरिक होस या वाह्य पर्यटकहरु तमोर रिभर साईड रिसोर्टमा रमाउन वानी नै परिसकेका छन् । अधिकांश घुम्न आउने पर्यटकहरुको लागी त झन नदिकिनारको रिसोर्ट छुट्टै गन्तव्य बनीरहेको छ । फुर्सदको समयलाई सहि सदुपयोग गर्ने गन्तव्य नै हिजोआज रिसार्टहरु वनी रहेका छन् ।
नेपालमा संचालनमा रहेका होटल तथा रिसाेर्टहरु सेवा सुविधा र स्थानिय प्राकृतिक वातवरणको हिसावले पर्यटकलाई विशेष प्रभाव पर्ने गर्दछ । होटल तथा रिसोर्टहरु संचालनमाआए आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने प्रश्स्त आधारहरु हुन् । पछिल्लो समयमा रिसोर्ट खोल्ने क्रम वढेकाले आन्तरिक तथा वाह्य पर्यटकको लागी गन्तव्य बन्दै गएको धनकुटाको मुलघाट स्थित तमोर रिभर साईड रिसाेर्ट तथा रिभर पार्कका संचालक मोहन वान्तावा राई वताउ्रँछन् । परिवारिक वातवरणमा फेमेली र साथीभाईहरुसंग रिसोर्टमा गएर आनन्दलिनेहरुको संख्या वड्दो छ । हिजोआज रमाइलो गर्न रुचाउने मध्यम स्तरका आन्तरिक पर्यटकहरु रिसोर्ट रोज्न थालेको संचालक वान्तावा राई वताउँछन । करिव १ करोड ५० लाखभन्दा वढी रुपयाँ लगानी गरेर तमोर रिभर साईड रिसोर्ट एण्ड रिभरपार्क तिनवर्ष अघि देखी वान्तावाले संचालनमा ल्याएका छन् ।
विशेष गरेर धनकुटाको मुलघाट, विश्रान्तीमन्दिर, तमोरको पुल र आसपासको क्षेत्र भ्रमण गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई दृष्ट्रिगत गरि रिसोर्ट निर्माण गरिएको वान्तावाले वताएका छन् । संचालकवान्तावाले रिसोर्ट स्थापना गर्न एकलौटी रुपमा लाखौं रुपैयाँ लगानी गरेका छन् । रिसोर्ट संचालनको लागी राष्ट्रिय वाणिज्य वैंक धनकुटा शाखावाट ५० लाख रुपयाँ ऋण लिएर लगानी गरेको वान्तावाले वताएका छन् । वाँकी रकमआफ्नै आम्दामीवाट लगानी गरेका छन् ।
धनकुटाको मुलघाट क्षेत्र विराटनगर देखी किमाथाङ्गकासम्म जोड्ने कोशिलोक मार्ग समेत जोडिएको हुँदा धार्मिक तथा जलपर्यटनको प्रचुर संम्भावना रहेको र रिसोर्टमा पर्यटक वढ्न थालेको उनले वताएका छन् । केही समय यता मुलघाट क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल वढेकाले पनि रिसोर्ट संचालनमा ल्याउनु परेको संचालक वान्तावा वताउँछन् । रिसोर्टमाएक दर्जनाैको हाराहारीमा सुविधा सम्पन्न कोठा र तालिमहलको व्यावस्था रहेको छ । मुलघाट क्षेत्रमा प्रयाप्त होटलहरु नहुँदाअधिकांश पर्यटकहरु पहिले पहिले यहाँ नवसी घुमेर मात्र जाने गरेको वान्तावाले वताएका छन् । तर अहिले दर्जनौ पर्यटकहरुले मुलघाट स्थित् तमोर रिभर साईड रिसोर्ट एण्ड रिभरपार्कमा आएर आफु खुशि रमाउने र रात विताउने गरेको उनको भनाई छ ।
उनले आन्तरिक तथा वाह्य पर्यटकलाई दिईने सेवा सुविधालाई नयाँ तरिकाले पस्कने उदेश्यका साथ आफुले रिसोर्ट संचालनमा ल्याएको वता्एका छन् । रिसोर्टमा आउने पर्यटकहरुलाई स्थानिय नेपाली मौलिक खाना, क्याम फायर, अग्र्यानिककोदो र आँपको निखरा कटुवा, नदीको ताजा माछा, लोकल सिस्नुसंगको खाना,तमोर नदीमा फिसिङ्गको व्यावस्था गरिएको वान्तावाले वताए । त्यसैगरि तमोर रिभर एडभेञ्चर प्रा.लि. धरानका मदन ढकालसंगको सहकार्यमा मुलघाट देखी चतरासम्मको ६ घण्टाको तमोर नदिमा र्याफ्टिङको व्यावस्था समेत गरिएको वान्तावाले वताएका छन् । र्याफ्टिङमा जानेलाई ग्राहकको चाहाना अनुसार एक रात क्यामफाइरिङ्गमा राखेर भोली पल्ट मात्र गन्तव्य सम्म पुर्याउने समेत व्यावस्था रहेको छ ।
पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या सन्तोष जनक रहेकाले थप सुविधाको लागी डेड् दर्जन टेण्ट टाँगेर वस्नेहरुको लागी समेत आफ्नै रिसोर्ट छेउको खुल्ला चौरमा व्यावस्था गरिएको वान्तावाले वताएका छन् । त्यसका साथै मालदहआँको छाहारीमागेट टुगेदर, परिवारिक जम्घट गरेर रमाईलो वातवारणमा खाने वस्ने, नेपाली मौलिक तथा अग्र्यानिक खाना रिसोर्टले प्रदान गर्दै आएको वान्तावाले बताएका छन् । उनले अझ् पर्यटकहरुलाई थप आकर्षण वढाउन सुन्दर वगैंचा निर्माण भैसकेको र स्वीमिङ्ग पुल निर्माण गरेर थप पर्यटकहरुको लागी सेवा वढाउने तयारी भैरहेको वताएका छन् । तमोर रिभर साईड रिसोर्ट तथा रिभरपार्कको मुख्य विशेषता भनेकै हरेक स्तरका पाहुनालाई सरल र सहज ढंगले सेवा गर्नु रहेको हो । रिसोर्टमा न्युन आयश्रोत भएका ग्राहक देखी भिआइपीहरुले समेत सेवालिन सक्ने व्यावस्था गरिएको छ । यिनै विशेषताले गर्दा तमोर रिभर साईड रिसोर्टमाआन्तरिक तथा वाह्य पर्यटकहरुको वढी आकर्षण वढेको छ ।
रिसोर्टको पहिलो प्राथमिकता भनेको आन्तरिक पर्यटक नै हुन, संचालक वान्तावाले भने “रिसोर्ट स्थापना गर्नुको मुख्य उदेश्य भनेकै आन्तरिक पर्यटन प्रवर्दन र विकास भएकाले आगामी दिनमा पनि हाम्रा सेवाहरु आन्तरिक पर्यटक लक्षित हुनेछन् ।” तमोर नदिमा विशेष गरेर कार्तिक महिना देखी चैत्र वैशाख सम्म हिउँदको समयमा र्याफ्टिङ सेवा संचालन हुने भएकाले पनि रिसोर्टमा पर्यटक वढेको वान्तावाको भनाई छ । यो वर्ष भने आउँदो मंसिर १ गते देखी तमोर रिभर एडभेञ्चर प्रा.लि. धरानसंंग आवश्यक समन्वयगरि सकिएकोले नियमिता र्याफ्टिङ्ग सेवा संचालनमा आउने वान्तावाले वताएका छन् ।उनले नेपालको पोखरा, चितवन, हेटौडा, विराटनगर, झापा, सुनसरी, जनकपुर, विरगञ्जलगायतका स्थानहरुवाट आन्तरिक पर्यटक आउने गरेको र वाह्य रुपमा सिक्किम, दार्जीलिङ, भुटान, कल्कत्ता, विहार, पश्चिम वंगाललगायतका स्थानवाट पनि उत्तिकै मात्रामा पर्यटकहरु आउने गरेको वताएका छन् ।
कामले व्यास्त भएका मानिसहरु रमाइलोको लागीलामो समयसम्म शान्त वातवरणमा रमाउन र आनन्दलिन रिसोर्ट आउने गरेको पाइएको संचालक वान्तावाले अनुभव गरेका छन् । उनले विशेष गरेर चितवनको राप्ती नदीको आसपासको किनारहरुमा रहेको रिसोर्टहरुमा जसरी विदेशी पर्यटकहरु आउ्रँछन र जुनखाल्को होस्पिलालिटी चितवन आउने पर्यटकहरुले पाएका छन्, त्यो सेवा मुलघाट स्थित् तमोर नदीको किनारमा दिने हो भने यस क्षेत्रमाआउने पर्यटकको संख्यामाकुनै कमी नआउने दावी वान्तावाको छ । वान्तावाले आफु पेशाले शिक्षक भए पनि र उमेरले ५० काटे पनि कुमार नै वसेर जीवनको उतार्दमा रिटायर्ड लाईफ भने रिसोर्ट संचालन गरेर ग्राहकको सेवागर्ने लक्ष्य रहेको वताएका छन् । नेपालको अन्य जिल्लाहरुको तुलनामा जसरी स्थानिय स्तरवाट जुनखाल्को रिसोर्ट व्यावसाय संचालनगर्ने प्रतिष्पर्धा व्यावसायीहरुले राखेका छन्,त्यो खाल्को प्रतिस्पर्दा धनकुटामा नभएकाले पनि ग्राहक सेवामा धनकुटेली व्यावसायीहरु अलिक पछि परेको होकी भन्ने लागेको अनुभव वान्तावाले गरेका छन् ।