भद्रपुर । झापाको अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटीको मृत्युको विषयमा भएको घटनालाइ उग्ररुप पार्ने विर्तामोड नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत एक अधिकृतलाइ प्रहरी विभागको जगेडा पुलमा तानिएको छ । गत भदौ ४ गते प्रहरी प्रधान कार्यालय काठमाडौंवाट सरुवा भएर इलाका कार्यालय विर्तामोडमा आएका डिएसपी राजकुमार सिलवाललाई केहिदिन अघि प्रहरी विभागको जगेडा पुलमा तानिएको हो ।
सिलवालले विर्तामोडमा कार्यरत रहि बालक मृत्युको घट्नालाइ ढाकछोप गर्न खाजेको भन्दै पीडित पक्षले आरोप लगाइरहेको अवस्थामा उत्पन्न विवादले गोलिसमेत चलेर एक जनाको ज्यान गएको थियो भने दुवै तर्फ एक दर्जन भन्दा बढी मानिस घाइते भएका थिए । थप घट्ना हुननदिन प्रशासनले तिन दिनसम्म विर्तामोड क्षेत्रमा कफ्र्यु लगाएको थियो ।
विर्तामोडमा भएको घट्ना लगत्तै सिलवाललाइ जिल्ला तानिएको थियो भने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र वस्नेतले इलाकाको कार्यभार सम्हाल्दै आइरहेको झापाका एसपी विष्णु कुमार केसीले बताए । अव केहिदिन पछि अख्तियारको कार्यालयवाट विर्तामोडको लागि डिएसपी कृष्ण प्रसाद कोइराला हाजिर हुन आउने एसपी केसीले बताए ।