विराटनगर/  भारतको बथनाहास्थित मीरगञ्ज पुल सुचारु नहुँदा पूर्वका उद्योगी व्यवसायीहरूलाई दैनिक १८ करोडभन्दा बढी नोक्सानी भएको छ ।

साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुल बिग्रिएको थियो । यसयता यो पुलबाट मालबाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ । भारतीय पक्षले २० टनभन्दा बढी वजन भएका मालबाहक सवारीलाई पुलबाट आवतजावतमा रोक लगाएपछि व्यवसायीहरूले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चापदार्थ र अन्य सामान आयात गरिरहेका छन् ।

मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब ५ किलोमिटरको दूरी पर्दछ । जबकी सुनसरीको भान्टाबारी नाकाबाट जाँदा ८० किलोमिटर यात्रा गर्नुपर्छ । यसले व्यवसायीको ढुवानी खर्च बढाउनुका साथै उद्योगीलाई हैरानी भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।

भान्टाबारी नाकाबाट आयात गर्दा दोहोरो सवारी चल्दैन । सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारी सञ्चालन हुने गरेको उनी बताउँछन् ।

न्यूजलयबाट