ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको दुई घरमा आगलागि हुँदा लाखौ मुल्या बराबरको क्षति भएको छ ।फक्ताङ्लुङ ६ निवासी डण्डु शेर्पाको घरमा बुधबार आगलागी भएको हो ।
भान्सा कोठाबाट अचानक सुरुभएको आगोले उनको ढुङ्गा माटो र काठले बनेको २ तल्ले घर तथा घर भित्र भएको नगद १५ लाख, युरो डलर ६ सय, युएस डलर ८००, सुन चाँदी, तथा नजिकै रहेको जण्डौल शेर्पाको घरमा समेत आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।
आगलागी सिमा प्ररही चौकी घुन्साबाट खटिएको प्ररहीको टोली र स्थानियको सहयोगमा २ घण्टा पछी नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ । ति घरमा कञ्चनजंघा क्षेत्र जाने पर्यटको लागि होटल सञ्चालन गरिएको थियो ।