आज विश्व समूदायले 'विश्व गुणस्तर दिवस' मनाउँदैछ । के हो त विश्व गुणस्तर दिवस ? किन मनाइन्छ यो दिन ? अनि यसले हाम्रो दैनिक जीवनमा के महत्व राख्दछ भन्ने बिषयमा कुरा गरौं । वास्तवमा यस विश्व गुणस्तर दिवसले हामीले दैनिक जीवनमा गरेका कार्य अनि तिनको गुणस्तरिय उपलव्धी लगायत हरेक पटकको उपलव्धिलाई वृद्धि गर्दै नेतृत्वलाई दीर्घकालीन बनाउने सन्देश दिनेगर्दछ ।  सन् १९६० बाट विश्वव्यापी रुपमै यस दिवसलार्इ मनाउने क्रम चलेको हो भनें सन् १९९० बाट संयूक्त राष्ट्र संघले यस दिवसलाई अगिंकार गरेको हो ।

नेतृत्व भनेकै हामी आफूले गरेका कार्यलाई कसरी अझ राम्ररी गर्न सक्दछौं र अरुलाई पनि त्यसै गर्न प्रेरित गर्न सक्दछौं भन्ने हो । आजको यो विश्वमा एक-अर्काकोबिचमा प्रतिस्पर्धा भन्दा पनि सहकार्य अनि नेतृत्वदायि हातहरुको खाँचो छ । आजको दिनले यस्तै कुराहरु गर्दछ । पेशागत संगठन होस् या सामूदायीक स्तरको संगठन, नेतृत्व र गुणस्तर आजको खाँचो हो । आजको दिनले कार्यगत वातावरणमा नेतृत्व र गुणस्तरको पनि वकालत गर्दछ भने संस्थागत लक्ष्य प्राप्तकालागि समूहगत पाइलाको पनि पैरवी गर्दछ ।  स्मरण रहोस् ! हामीले गरेको जुनसुकै काममा पनि गुणस्तर र नेतृत्वलाई ध्यानमा राखेर उदहारणीय रुपमा गर्ने हो भने कुनैपनि संस्था होस् या राष्ट्र होस् या विश्व, समग्रलार्इ नै उन्नतिको मार्गमा लिएर जान्छ । कुनै एउटा प्याकेटभित्रको सामान किनेर ल्याउनुभयो र घरमा बसेर बडो उत्साहकासाथ खोल्दा उक्त सामान टुटेको पाउनुभयो भने तपाईलाई कस्तो महसुस हुन्छ ?  भोजपुरको खुकुरी बडो राम्रो हुन्छ भनी किनेर ल्याउनुभयो तर खोल्न नपाई त्यसको बींड खुस्कियो भने तपाईको भोजपुरे खुकुरीप्रति गुणस्तरकै कारण कस्तो धारणा बन्ला ?  जनकपुरको माछा अत्यन्त ताजा र स्वादिलो हुन्छ भन्ने धारणा बोकेका हामी जनकपुरमा माछा खान बस्दा अत्यन्त बासी, माछा नसंड्न लास नगल्न प्रयोग गरीने सुर्इ लगाएको, गन्ध आउने भारतको अान्ध्रप्रदेशतिरको माछा खानुपरेमा कस्तो अनुभव गर्दछौं ? गुणस्तरलाई एकल भन्दा पनि सामूहीक स्वाभिमानका रुपमा लिन जरुरी छ । यसलार्इ अग्रेंजीमा 'ब्रान्डिङ' पनि भनिन्छ, हरेक उत्पादन र धारणाको ब्रान्डिङ हुन जरुरी छ । उत्पादकत्व र जीवनस्तरमा पनि गुणस्तर कायम हुन जरुरी छ र यसकालागि कार्यगत नेतृत्वको खाँचो छ । विदेश गएर कृषी पेशामा नवप्रवर्तन देखेका पुस्ताले गुणस्तर र उत्पादकत्वमा वृद्धि गराएका उदहारणहरु प्रशस्तै छन् । तै पनि त्यासले नेपाली बजारमा व्यवस्थित, गुणस्तरीय तथा उपभोक्तासम्म सहज पहूँचका हिसाबले उदाहरण प्रस्तुत गर्नसकेको छैन । हामी सबैले आ-आफ्ना कार्यमा आफूले नेतृत्व लिएर अरुलाई पनि सही मार्गमा हिंडाउन जरुरी छ ।

अर्थशस्त्रले पनि भनेंकै छ, स्रोतहरू सीमित छन् तर आवश्यक्ताहरू असिमीत छन् भनेंर ।  अधिकतम गुणस्तरीय उत्पादकत्व वस्तु र सेवामा कायम गर्न सफल हुन जरुरी छ ।  जे गर्दै हुनुहुन्छ, गुणस्तरिय रुपमा गर्न जान्नुपर्नेछ, एउटा भनाई नै छ नि 'ठूलो मान्छे बन्नलाई ठूलो काम हैन सानै कामलाई ठूलो ढङ्गले गर्न जान्नुपर्दछ' । यस 'विश्व गुणस्तर दिवस'को शुभकामना !