विराटनगर/ मोरङ पथरी शनिश्चरे नगरपालिका – २ का बुद्धी बल राईले लक्कि ड्र मार्फत ‘महिन्द्रा कम्पनिको मोजो’ बाईक जितेका छन् । महिन्द्रा कम्पनिको ‘महिन्द्रा स्कारपियो’ गाडी खरिद गर्दा महिन्द्रा मोजो लक्की ड्र मार्फत राइर्एले बाईक जितेका हुन् ।
विराटनगरको पिपलचोकमा महेन्द्र कम्पनीको आधिकारीक डिलर्स रोयल अटो इन्टरप्राईजेज बाट राईले स्कारपियो खरिद गर्दा ३ सय सि.सि. को ५ लाख ८० हजार मुल्य पर्ने मोजो बाइक प्राप्त गरेको इन्टरप्राईजेजले जनाएको छ । ‘ठूलो छ अफर सबैभन्दा, ठुलै पाइन्छ महिन्द्रा किन्दा’ भन्ने नाराको साथ आएको अफरमा परेको बाईक इन्टरप्राईजेजले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी मोडरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको छ । इन्टरप्राईजेजका प्रोपाइटर नीलम भट्टराईले मोटरसाइकलको साचो पुरस्कार पाउने राईलाई हस्तानतरण गरेका थिए ।
महिन्द्रा कम्पनीले दशै तथा शुभ दिपावलीको अवसर पारेर आफ्नो ग्राहकले स्कारपियो खरिद गर्दा ‘बिग, बिगर, बिगेस्ट अफर’ ल्याएको थियो । अफरकै अवसर पारेरे पथरीका राईले ४१ लाख ३५ हजार रुपैयाँ स्कारपियो खरिद गरेका थिए । पुरस्कार ग्रहण गर्दै राईले भने, ‘स्कारपियो पहिलो पटक खरिद गरे । खरिद गर्दा नै पुरस्कार स्वरुप मोटसाइकल पाएको छु । पालै पालो स्कारपियो र मोटसाइकल चलाउने छु ।’ महिन्द्राले सिमित अवधिको लागि मात्र स्कारपियो खरिद गर्दा अफर ल्याएको इन्टरप्राइजेजले जनाएको छ ।