सुनसरी/सुनसरीको गढी गाउँपालिका २ कलरूवा स्थित थलाह खोलामा बुधबार बिहान साढे ११ बजे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मझौबाट औरावनी जाँदै गरेको १ त २४७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई खोलामा पल्टिदा सोही ट्याक्टरले थिचेर चालक गढी गाउँपालिका २ का कमल ऋषिदेवको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी दुहबीले जनाएको छ।