काठमाडौं/ निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई पुनः निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त ड. अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई सचेत गराए ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोग निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पारे ।