
प्रहरीका अनुसार दमक नगरपालिका –३ स्थित ढुकुरपानीबाट दमकतर्फ साइकलमा हालेर ल्याउँदै गरेको करिब ३० क्युवि सखुवाको चिरान काठ र यस्तै दमक नगरपालिका ७ हाटखोला स्थित रतुवा खोलाको काँस घारीमा लुकाएर राखेको अवस्थामा १०३.२७ क्युवी काठ बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरिएको काठ प्रहरीले आवश्यक कारवाहीका लागि इलाका बन कार्यालय सुरुङ्गामा बुझाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।