भद्रपुर । झापाको मेचीनगर नगरपालिका १० स्थित धनबहादुर तामाङको भुजिया फ्याक्ट्रीमा आगलागी भएको छ । मंगलबार साँझ ६ बजेतिर भुजिया बनाउने क्रममा फ्याक्ट्री भित्र रहेको चुलोबाट आगो सल्किदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फ्याक्ट्री भित्र रहेका दुई वटा मेसिन, भाडाँकुडा, तयारी भुजिया, मटर, मसला, बेशन लगायतका सरसमानहरु जलेर नष्ट हुँदा ४ लाख बढीको क्षति भएको छ । आगलागी नियन्त्रण गर्ने एक घण्टा समय लागेको थियो । मेचीनगर, भद्रपुर र विर्तामोड गरी तीन वटा बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानएको छ ।