पाँचथर/ पाँचथर सदरमुकाम फिदिम नगरपालिका–२, स्थित पल्लोटार जाने बाटोमा बुधबार बिहान बम भेटिएको छ । शनिबारे देखि पल्लोटार जाने कच्चि सडकमा बिहान साँढे ५ बजे शंकास्पद वस्तु देखिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ फिदिम–२, स्थित नेपाली सेनाको स्थित भैरवी दल गणबाट डिस्पोजल टोलि बोलाएर बमलाई निस्क्रिय पारिएको पाँचथरका डिएसपी बामदेव गौतमले बताए । टोलीले घरमा प्रयोग गरिने जगमा विष्फोटक वस्तु जडान गरेर राखिएको पुष्ठि गर्दै उक्त वस्तुलाई बिहान आठ बजे निस्क्रिय पारेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन हुन १८ दिन बाँकि हुँदा बजार क्षेत्र नजिकै बम भेटिएको हो । उक्त बम कसले कुन उदेस्यले राखेको हो भन्ने पुष्ठि हुन बाँकि रहेको डिएसपी गौतमले बताए ।