इटहरी/ कथाकार खगेन्द्र थापाको कथा संग्रह अतिक्रमण इटहरीमा विमोचन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच साहित्यकार विगोग सापकोटाले कथा संग्रहको विमोचन गरेका हुन् ।
अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानले आयोजना गरेको कथा संग्रह विमोचन कार्यक्रममा कथाकार स्वयम् भने उपस्थित थिएनन् । साहित्यकार अनिल पौडेल कथाकारको प्रतिनिधीका रुपमा उपस्थित रहेका थिए । कथाकारको धनकुटा हिलेमा जन्मिएर जागीरे जिवनका क्रममा देशका विभिन्न स्थान तथा विदेश भ्रमणका अनुभव संग्रहित भित्रका कथामा समावेश गरिएका छन् । कथाका बारेका कथाकारले भने जीवन भोगाईमा हाम्रो सयम र परिवेशमा अतिक्रमण भएको पाएका छन् । जुन सुकै वर्ग, धर्म लिङ्गमा अतिक्रम भएको भेट्टाउने कथाकार थापाले मान्छे तन, मन अनि अवस्था र व्यवस्थामा देखेको अतिक्रमण विभिन्न कथामा उतारेका छन् ।
१९ वटा कथा समावेश गरिएको संग्रहमा सरल भाषामा उनले भनेका छन् ‘अन्याय, अत्यचार र पक्षपात अरुका जस्तै मेरा पनि शत्रु हुन् । मेरा खेमातिरका हैनन्, लाग्छ, यी अराष्ट्रिय तत्व हुन् । त्यसैले पनि तिनीरुको प्रतिकार गर्नु मानवइ धर्म र दायित्व ठाने । अनि त अतिक्रमण जन्माएर सकिनसकी त्यस्ता अवान्छित तत्वहरुको पर्दाफास गर्ने हर्कत गरेको हुँ ।’भूँडीपुराण प्रकाशनले पाठकमाझ ल्याएको कथा संग्रहका बारेका चर्चा गर्दै पिण्डेश्वर विद्यापीठका पूर्व प्राचार्य रमेश घिमिरेले कथाकारको भाषिक सिल्पीको प्रससा गरे । यस्तै प्रा.डा. टंक न्यौपानेले, प्रा.डा. टंक न्यौपाने, अनिल पौडेललगायतका साहित्यक क्षेत्रका अग्रजहरुले कथा संग्रह र कथाकारको बारेमा चर्चा गरे ।
विश्व आदर्श कलेजमा भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरले गरेका थिए ।