लागूऔषधसहित एक युवा पक्राउ
- कार्तिक २१, २०७४
- ब्लाष्ट खबर
धरान/मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
इटहरी–३ का १८ वर्षीय दिबाकर परियारलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राती ११ बजेतिर पक्राउ गरेको थियो ।
प्रहरीले उनको साथबाट एभिल–७ एम्पुल, लुपीजेसीक–७ एम्पुल, डाईजेल्याप–७ एम्पुल र फेनारगन ९ एम्पुल बरामद गरेको छ । बरामद लागूऔषधसहित परियारमाथि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।