धरान/सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने तीन जना घाइते बनेका छन् । मोरङको सुनबर्षी नगरपालिका–७ कुडेलीमा को १ ख ६०८७ नम्बरको ट्रिपरले सोही ठाउँका पैदलयात्री ३ बर्षीया ज्योतीकुमारी यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि रंगेली अस्पतालमा राखिएको छ । ट्रिपर चालक फरार छन् । यता सुनसरीको भोक्राहा गाउँपालिका–४ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको पिबि ०५ वाई ९९२९ नम्बरको भारतीय लहरीले को ११ प १६९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी भोक्राहा गाउँपालिका–१ का ३२ बर्षीय रामकुमार बुढाथोकीको घटनास्थल मै मृत्यु भएको छ । मोसा चालक सोही ठाउँका ५० बर्षिय डिल्ली बिष्ट गम्भिर घाइते बनेका छन् । लहरी चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीकै रामधुनी नगरपालिका–४ मा बा १२ प ५२३९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका–५ का ३० बर्षीय रोहित आचार्य र पछाडी सवार २६ बर्षीय टीकाराम सुबेदी घाइते बनेका छन् । घाइते दुवैको मोडल अस्पताल झुम्कामा उपचार भइरेहको प्रहरी चौकी सिंगियाले जनाएको छ ।