धरान/धरानको एक क्लिनिकका कर्मचारीले एक्स–रे गर्ने क्रममा एक किशोरीमाथि यौनदुर्व्बहार गरेको पीडित परिवारले बताएको छ । धरान–४ का एक किशोरीमाथि धरान–९ पुतलीलाइनस्थित हरि शर्माको क्लिनिकमा कार्यरत कर्मचारी श्रवणकुमार राईले दुर्व्बहार गरेका हुन् । उनीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । धरान–४ सुमनटारका २८ वर्षीय राईले एक्स–रे गर्ने क्रममा किशोरीको कपडा खोल्ने र गुप्ताङ्ग साथै स्तन चलाएको पीडितकी आमाले बताएकी छन् । ‘बच्ची चिच्याउँदै बाहिर आएपछि मात्रै मलाई थाहा भयो ।’ पीडित बच्चीको मामाले बहिनीको भनाई उदृत गर्दै फोनमा भने, ‘त्यसपछि इप्रकामा उजुरी दिएका छौं ।’ उजुरीपछि राईलाई पक्राउ गरिएको मामाले बताए । किशोरी ढाँड दुख्ने समस्याका कारण हरि शर्माको क्लिनिकमा आएकी थिइन् । उनलाई एक्स रे गर्नु पर्ने बताएपछि राईले भित्र लगेर एक्स रे गर्ने क्रममा हातपातको प्रयास गरेको पीडित परिवारको दाबी छ । इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले हरि शर्माको क्लिनिकमा एक्स-रे गर्ने कर्मचारीले दुर्व्वहार गर्यो भनेर जोहरी आएपछि पक्राउ गरिसकेको छ । ‘जाहेरी दिइसकेँ ।’ उनले भने, ‘किशोरीको स्वास्थ्य परीक्षण हुँदैछ ।’