सुनसरी/ कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयका राजश्व हिनामिना गर्ने मुख्य योजनाकार लेखापाल सुरेश अधिकारी पक्राउ परेका छन । कार्यलयको कराेडौँ सरकारी राजश्व घाटला गर्ने लेखापाल अधिकारी काठमाण्डौमा पक्राउ परेका हुन । लामो समय देखि फरार रहेका अधिकारीलाई प्रहरीले खोजीरहेको थियो ।

सरकारी राजश्व लामो समय देखि घोटला गरी विलासी जिवन विताउँदै आएका फरार अधिकारीलाई पक्राउ परेका हुन । विल भरपाई विनाका करोडौँ रुपैयाँ लामो समय देखि अपचलन गदै आएका अधिकारी विरुद्ध गत असार ४ गते अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । अधिकारी माथि ६१ करोड रुपैयाँको भष्ट्रचार मुद्धा दायर भएको थियो ।

करोडौँ रुपैया अपचलन गरी उनले इटहरीमा एक विराटनगरमा दूई र काठमाण्डौमा एउटा सुविधा सम्पन्न घर किनेका थिए । तर उनको सम्पूर्ण सम्पती अख्तियारले रोक्का गरेको छ । लेखापाल अधिकारीले सभा करोड भन्दा धेरै पर्ने टोईटाको फरचुर्नर गाडी चड्दै आएका छन । हेडौडाको ब्यापारीको नाममा गाडी लिएर उनले चड्दै आएका थिए । अधिकारीको ३ जना विवाह दर्ता गरेको श्रीमती छन उनले तिनै जना श्रीमतीलाई एक एक बटा घर दिएर राख्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग पत्ता लगाएको थियो ।

राजश्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालय सवारीका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख , लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी सहित विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरीसकेको छ ।