काकँरभिट्टा/अबैध रकम असुली गर्ने काँकरभिट्टार सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाका डिएसपी नवराज थापालाई कहाँ सरुवा गराउने भन्ने निर्णय हुन सकेको छैन् । तर दोसी ठहरिएका वरिष्ठ हवल्दार खगेन्द्र भण्डारी भने निलम्बनमा परेका छन ।उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल केहि दिन अघि तानिएका थियो । पूर्वी सीमा नाका काँकरभिट्टामा तैनाथ सशस्त्रका प्रमुखको सेटिङमा घुमुवा परिचालन गरी सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई पैसाको प्रलोभन देखाएर खबर ढाकछोप गर्न खोजिएको समाचार प्रशारण भएको थियो ।
नाकामा व्यापारीसंग अवैध रुपमा डिएसपी थापाको सहयोगमा रकम असुली गर्दै आएको भन्ने समाचार प्रकाशन भएपछि अनुसन्धानका लागि उनीहरुलाई बाहिनी तानिएको हो । सो बिषयमा दोसी ठहरिएका खगेन्द्र भण्डारीलाई निलम्बन गरिएको छ भने डिएसपी थापालाई अन्य कुन क्षेत्र पठाउने भन्ने बिषयमा निणर्य हुन नसकेको डिआइजी जानकीराज भट्टराईले जानकारी दिए ।
तर बिराटनगर पठाउन सक्ने सम्भावना रहेको उनको भनाई रहेको छ । यता सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाकामा भने प्रधान कार्यालयबाट दिनेश बस्नेतलाई डिएसपीको रुपमा पठाइएको छ । भने गुल्म क्षेत्रमा कार्यरत सशस्त्रका जवानहरु मध्ये ५० जनालाई पाथिभरा गण दमक तानिएको र बाकि रहेका केहिलाई समेत केहि दिनमा तान्ने भट्राईले बताएका छन् यो बिषयमा छानविनका गर्न सशस्त्र प्रहरी बल औद्योगिक तथा राजश्व सुरक्षा गण सलकपुरका एसपी गुणराज खनालको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।