इलाम/ आगामि मसिंर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि इलाममा ५१ जना उम्मेद्धारले मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्धवारले नाम दर्ता गराए मध्ये इलाममा १ जना उम्मेदवारले उम्मेद्धारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा २ को प्रदेशसभा २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हर्कप्रसाद साङवाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय इलामले जानकारी दिएको छ ।
कार्यालयमा अनुसार अन्य उम्मेदवारहरुले भने उम्मेदवारी फिर्ता नलिइएको र चुनाब चिन्ह समेत प्रदान गरिसकिएको जनाएको छ । इलाममा प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनका लागि ५१ ज्ना उम्मेदवारका अन्तिम नामावली समेत निकालिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इलाममा प्रतिनिधि सभा तर्फ १८ र प्रदेश सभातर्फ ३३ जनाको नाम छ ।
यस्तै प्रतिनिधि सभा १ को १ मा ७ र प्रतिनिधि सभा १ को २ मा ८, प्रतिनिधि सभा २ को १ मा ७ र २ को २ मा ११ जनाको नामावली रहेको छ ।