तरहरा/थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशनको शनिबार सुनसरीको झुम्कामा सम्पन्न भएको छ । संघ नेपालको तेस्रो अधिवेशनले मदन चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । यसअघि नौ सदस्यीय कार्यसमितिलाई प्रदेश स्तरमा विस्तार गरी सत्र सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको थियो । संघको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सञ्जय चौधरी, किशोर चौधरी, इन्दु चौधरी र प्रतिमा चौधरी निर्वा्चित भएका छन । त्यस्तै, सदस्यहरुमा क्रमशः सन्तोष दहित, सहदेव चौधरी, पुष्पा चौधरी, लक्ष्मी चौधरी, कमल चौधरी, राजु चौधरी, सीताराम चौधरी, उन्नति चौधरी, वुनु चौधरी, सन्तकुमार चौधरी, दुष्यन्त चौधरी र कुलदीप चौधरी सर्वसम्मत निर्वा्चित भए । दुई वर्षे कार्यकाल रहेको संघमा यसअघि विनिता चौधरी, लक्की चौधरी, कृष्णराज सर्वहारीले नेतृत्व गरिसकेका छन् । प्रमुख निर्वाचन अधिकृत लक्की चौधरी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलमा अधिवक्ता रामराज चौधरी, पत्रकार गणेश चौधरी सदस्य रहेका थिए । निर्वाचन मण्डलले सर्वसम्मतको प्रयास गर्दागर्दै सहमति हुन नसकेपछि अध्यक्ष, महासचिव र सचिव पदकालागि निर्वाचन गराएको थियो । कार्यक्रम्मा थारु पत्र संघ सुनसरी जिल्लालाई उत्कृष्ठ घोषणा गरेको छ । सुनसरीमा संघ गठन भएको एक बर्षमै धेरै काम गर्न सफल भएको अवसरमा उत्कृष्ठ पुरस्कारले सम्मान गरेको हो । नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ संविधानले थारुसहित अन्य वर्गको अधिकार सम्बोधन गरेको र बाँकी अधिकारका लागि नियमित संघर्ष गर्ने बताउँदै उहाँले थारुलाई एक भएर दवाव दिन आग्रह गरीन । थारु नेता तथा राजपाबाट सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार लेखीले शासकहरुले वैधानिकरुपमा थारुमाथि विभेद गरिरहेको आरोप लगाए । राजनीतिक नेतृत्वमा आउन नसकेकैकारण थारुको माग मुद्दा सम्बोधन नभएको भन्दै उनले आफू निर्वा्चित भएमा त्यसको पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थारु उत्थान महिला समाजकी अध्यक्ष सीता चौधरीले समाजको परिवर्तनकालागि मिडियाको सहयोग सँगसँगै थारु नेतामा इमान्दारिताको खाँचो औल्याईन । सो अवसरमा पत्रकार विश्वराज पछल्डंग्यालाई उत्कृष्ट थारु पत्रकारिता पुरस्कार र उन्नति चौधरीलाई जोखन रत्गैंया राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ ले सम्मानित गरिएको थियो । हरेक वर्ष दिइने सो पुरस्कारको राशी क्रमशः ११ हजार १११ र पाँच हजार एक रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।