-
Home
-
पूर्व
-
नेता फकाउँने क्रममा विजय गच्छदार नै रोएपछि........
नेता फकाउँने क्रममा विजय गच्छदार नै रोएपछि........
- कार्तिक १९, २०७४
- ब्लाष्ट खबर
सुनसरी/नेपाली काग्रेसका नेता महेश वास्तोलाले पाएको टिकट खोसेर अर्कोलाई दिए पछि काग्रेस नेता विजय गच्छदार वास्तोला परिवारलाई फकाउँन आईतवार उनकै घरमा पुगे । मनोनयन दर्ता गर्ने वेलासम्म महेशलाई टिकट दिएका गच्छदारले क्षेत्र नम्वर ३ प्रदेश सभाको टिकट कुमार थापालाई दिएपछि रुष्ट वनेका नेता तथा कार्यकर्ता फकाउँन नेता गच्छदार वास्तोलाको घरमा पुगेर करिब ५ मिनेट रोए ।
वास्तोलालाई टिकट पाउँनु भो भने पछि मनोनयन दर्ता गर्ने गत १६ गते इनरुवा पुगेका महेशको टिकट निर्वाचन कार्यलयमै खोसिएको थियो । तर वास्तोलाले थापा विरुद्ध स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । घरमै पुगेका गच्छदारलाई महेशको आमाले मेरो छोराको टिकट खोसिदिनु भएछ भने पछि गच्छदार रुदै भने तपाईको वाध्यातामा परे आमा । अब म तपाईको छोरालाई ठुलो नेता वनाउँछु । गच्छदारले रुदै भने आमा म पनि त तपाईकै छोरा हुँ नी । यती भन्दा पनि आमाको आशु रोकिएन आमा रुदै गर्दा त्यहाँ पुगेका दर्जनौ काग्रेसी नेता र कार्यकर्ताहरुको आखा रसाएका थिए ।
गच्छदारले अनेकै शब्दले आमालाई सम्झाउँदै विगतको कुरा गरे पछि मात्र आमाले भनिन् तिमि पनि यो देशको प्रधानमन्त्री हुनु महेशलाई पनि ठुलो मान्छे वनाउँनु । ८३ वर्षिय आमाले प्रधानमन्त्री हुनु भने पछि गच्छदार मख्ख अलि फुर्किएर भने आमा फेरी आर्शिवाद दिनु न ! मेरो घरमा फर्किएको छु चुनाव जित्नु छ भन्दा यो चुनावमा गच्छदारको जित पक्का ८३ वर्षिय वास्तोलाले भनिन् । वास्तोलाका परिवारले गच्छदारलाई यसपाली महेशलाई ठुलै धोका भएको भन्दै गुनासो गरेका थिए ।
यता नेता महेश वास्तोलाले भने आफुलाई अन्याय हुदा हुदै पनि आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको वताए । पार्टीले गरेको निर्णयलाई मान्नै पप्यो के गर्नु उनले भने । आफु पार्टीका उम्मेदवारलाई जिताउँन लागी पर्ने भन्दै आईतवार नै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । क्षेत्र नम्वर ३ मा विजय गच्छदार र भगवती चौधरीको प्रतिनिधि सभामा भिडन्त हुने भएको छ ।