विराटनगर / विराटनगरमा रहेको सुसाङ्ख्य नेपालको प्रथम वार्षिक उत्सवको अवसर पारेर विभिन्न क्षेत्रका दुई जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि सुसाङ्ख्य नेपालका सल्लाकार सेवक बजगाई र मकालु टेलिभिजनका सिइओ दिवस सुवेदीलाई सम्मान गरेको हो । बजगाईले मोटिभेसन र सुवेदीले टेक्नोलोजिको क्षेत्रममा योगदान पुर्याएको भन्दै सुसाङ्ख्य नेपालले सम्मान गरेको अध्यक्ष प्रवेश दुलाले जानकारी दिए । सम्मानित हुनेहरुलाई विराटनगर जेसिजका पूर्व अध्यक्ष टिपी आचार्यले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सुसाङ्ख्य नेपालले युवाहरुको नेतृत्व विकास देखि उनीहरुको क्षमता अभिवृद्धी गर्न विभिन्न गतिविधीहरु आयोजना गर्दै आएको नेपालका अध्यक्ष दुलालले बताए । वार्षिक उत्सवको अवसर पारेर युवा युवतीहरुलाई मोटिभेसन ट्रेडिङ्ग समेत दिएको थियो । युवाहरुलाई सम्मानित हुने व्यक्ति बजगाई र सुवेदीले प्रशिक्षण दिएका थिए ।