तरहरा/ इटहरीमा सक्रिय सामाजिक संस्था बुल्स इलेभेन क्लबले इटहरी चौक विगत पाँच महिना देखि सरसफाई गदै आएको छ । फोहोर उठाउँने संस्था इन्भारोकियरले राम्ररी फाहोर नउठाएको कारण इटहरी सफा हुन नसकेको क्लबका अध्यक्ष पूर्ण राईले वताए । इटहरी तथा आसपासको फोहोर लामो समय देखि भएको भन्दैे इन्भारोकियरले सफाईमा हेलचेक्र्याई गरीरहेको कारण इटहरी आसपासको वातावरण राम्रो नभएको उनको भनाई थियो । आफुहरुले लामो समय देखि इटहरी सफाई गरीरहेको वताउँदै प्रत्येक शनिवार करीव ५ दर्जन युवाहरुले सफा गरेको फाहोर समेत नउठेको उनको भनाई थियो ।
इटहरी उपमहानगरपालीका वडानम्वर ६ का अध्यक्ष दिपक गौमतले बुल्स इलेभेनले इटहरी सफाईको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको वताए । इटहरी आसपासका फोहोरहरु लामो समय देखि सफाई गरीरहेको भन्दै उनले बुल्स इलेभेनको प्रशंसा गरे । युवाहरुलाई सामाजिक क्षेत्रमा चलायमान बनाउँन बुल्स इलेभेनको महत्वपूर्ण योगदान छ उनले थपे । क्लबका युवाहरु उपमहानगरपालीकाका कर्मचारी जसरी नै सक्रिय रुपमा लागी परेका छन ।