शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका बालबालिकाहरूमा बालविबाह वि?द्ध सचेत गराउन २ दिने तालिम शनिबार सम्पन्न भएको छ ।
पथरीशनिश्चरे नगरपालिका, प्लान इन्टरनेशनल नेपाल र फरेन विराटनगरको साझेदारीमा पथरीशनिश्चरे बाल क्लब सञ्जालद्धारा आयोजित तालिममा बालविवाह गर्नु कानूनी र मानवीय अपराध भएको भन्दै त्यसविरूद्ध आवाज उठाउने क्षमता विकासमा जोड दिइएको छ ।
सो अवसरमा वालवालिकाको नेतृत्व विकासको पक्षमा समेत जानकारी गराइएको छ । फरेनका अर्जुन वास्तोला र बाल सञ्जालका सञ्जिव भण्डारीले तालिमको सहजिकरण गरेका छन् ।