विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि अब बन्ने सरकारले भ्रष्टाचार अन्त्य गर्ने र त्यसपछि देशमा विकासले गति लिने बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शुक्रबार राती आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

[caption id="attachment_59341" align="alignnone" width="2048"] छलफल कार्यक्रममा सम्बोधन गर्दै ओली
तस्विबर : अनिल श्रेष्ठ[/caption]

भावी सरकारले भ्रष्टाचारको अन्त्य गर्ने आश्वासन दिँदै ओलीले व्यवसायीहरुसँग भने, ‘अब निर्वाचनपछि आउने सरकारले यो अवस्था राख्दैन । हामीले देश बनाउनुछ, त्यसकारण भ्रष्टाचार नियन्त्रणमा दृढ भएर लाग्छौं ।’ उनले भने, ‘तपाईहरु सप्पैलाई थाहा छ, को को भ्रष्ट छन, को आफैं खान्छन, को श्रीमतीमार्फत खान्छन् र को सालोमार्फत खान्छन् ।’

उनले काग्रेसले कम्युनिष्टहरुको सरकार वनेमा अतिवाद शासन सता आउछ भन्दै कम्युनिष्टप्रति भ्रमपुर्ण प्रचार गरेको आरोप लगाए । पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेलाई राजनितिको नाममा यस्ता गलत भ्रमपुर्ण प्रचार गर्न समेत नहरको स्प्रष्ट पारे । अध्यक्ष ओलीले एमाले पार्टी विकास र समृद्धीको पक्षमा सधै रहेको भनाई थियो ।

उनले अव विराटनगर राजनितिक र आर्थिक क्षेत्रको हवको रुपमा निर्माण गर्नुपर्नेमा पनि जोड दिए । उनले एक नम्वर प्रदेशको राजधानी विराटनगरलाई वनाउन एक नम्वरको सुचीमा राख्न आफनो समर्थन रहेको पनि वताए । कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले विराटनगरको औद्योगिक विकासका लागि आवश्य पुर्वधार निर्माणलाई जति सक्दो चाडौ गर्न अध्यक्ष ओली समक्ष आग्रह गरेका थिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यले विराटनगरको औद्योगिक विकासका लागि आवश्य पुर्वधार निर्माणको लागि तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार साराडा, उद्योगी मोती दुगड, किशोर प्रधानलगयाले बोलेका थिए ।